
ग्यास विक्रेता महासंघ नेपालको भाद्र २७ गते काठमाडौंमा हुने भनिएको चौथो महाधिवेशन स्थगित भएको छ ।
कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा यसको जोखिमलाई लिएर निशेषाज्ञा भइरहेको अवस्थामा तत्काल अधिवेशन सम्भव नरहेको भन्दै महासंघले एक विज्ञप्ति प्रकाशन गर्दै यस बारेमा आफ्ना सदस्यहरुलाई जानकारी गराएको छ ।
महासंघका महासचिव विष्णु प्रसाद दुलालले महासंघको महाधिवेशन अर्को निर्णय नहुँदा सम्मको लागि स्थगित भएको जानकारी गराउनुभएको छ ।
महाधिवेसन लगायत अन्य विषयवस्तुहरुमा कुनै द्विविधा भएमा ९८५१०१८३८० मा सम्पर्क गरी जानकारी लिन सकिने महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij