२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना उपचारमा प्रभावकारी भनिएकाे रेम्डेसिभिर अब नेपालमा उपलब्ध हुुने

कोरोना उपचारमा प्रभावकारी भनिएकाे रेम्डेसिभिर अब नेपालमा उपलब्ध हुुने

काठमाडौं । कोरोनाको उपचारमा प्रभावकारी देखिएको भन्दै विश्वका विभिन्न देशहरुमा परीक्षणकै हिसाबले प्रयोगात्मक रुपमा उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिरको इन्जेक्सन अब नेपालमा आधिकारिक रुपमा उपलब्ध हुने भएको छ ।

विश्वप्रख्यात औषधि उत्पादक संस्था सिप्ला लिमिटेडको उत्पादन रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्सन(सिप्रिमी) नेपाली बजारमा आएको हो । नेपालका लागि सिप्रिमीको आधिकारिक वितरक येटिकेम वितरक प्रा. लि ले रेम्डेसिभिरको पहिलो ब्याच सिप्रिमी १०० मिग्रा नेपाली बजारमा ल्याएको हो ।

सोमबार राजधानीमा ‘भर्चुअल प्रेस मिट’को आयोजना गर्दै कम्पनीले सिप्रिमी ल्याइएको घोषणा गरेको छ ।

मुलकमा कोरोना भाइरसको संक्रमण र जोखिम बढिरहेको अवस्थामा बजारको माग र आवश्यकताको आधारमा कम्पनीले सिप्रिमीको माग गरेको र उता उत्पादक कम्पनी सिप्लाले पनि इंजेक्सन दिन तयार भएकाले बजारमा सिप्रिमी उपलब्ध गराउन सकिएको वितरक येटिकेमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij