२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

९ सयले बढ्याे सुनको मूल्य

९ सयले बढ्याे सुनको मूल्य

काठमाडौं । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । बजारमा आज सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९७ हजार ९ सयमा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ६५ मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ९५ रूपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij