काठमाण्डौँ । ट्राफि ब्यवस्थापनमा अब्बल मानिएका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई ललितपुर नगर प्रमुखमा नियुक्त गरिएको छ । आइतबार महानगरले हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने गरी नियुक्त गरेको हो।
महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा उहाँले भूमिका खेल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।
नगर प्रहरीमा सुरक्षा क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरूलाई नियुक्ति गर्ने चलन छ।
२९ वर्षे सेवा अवधि पुरा गरेर हाछेथु २०७५ सालमा सेवाबाट निवृत्त भईसेकेका छन् । उनले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij