ललितपुर । विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको वर्तमान विषमपरिस्थितिमा रक्तसन्चार केन्द्रलाई रगत पुर्ति गर्न धौ-धौ भइरहेको छ ।
विषम परिस्थितिमा रगत अभाव नहाेस् भन्ने मान्यताले विभिन्न ठाउँहरुमा रगत संकलन भइरहेकाे छ ।
यस्ताे परिस्थितिमा रगत अभाव हुन नदिने उद्देश्यले नेपालका चर्चित रक्तदाताहरुले रक्तदान गरेका छन् ।
नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कमाचार्य तथा सञ्चार क्षेत्रका सबै भन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता केबि सम्राटले पुन एकपटक रक्तदान गरी नयाँ रेकर्ड कायम गरेका छन्।
रेकर्डेट रक्तदाता कर्माचार्यले १६३ औं पटक रक्तदान र वरिष्ठ पत्रकार केबि सम्राटले १०५ औं पटक रक्तदान गरेका हुन् ।
ललितपुर जिल्लाको सिद्धिपुर स्थित नेवाःदेय् दबू महालक्ष्मी नगर समितिको आयोजनामा हिजो शनिवार भएको विशेष रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्य र केबी सम्राटले रक्तदान गरेका थिए।
महालक्ष्मी नगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष बासुदेव महर्जनको प्रमुख आतिथ्यमा तथा रेकर्डेट रक्तदाता कर्माचार्यको विशेष आतिथ्यतामा भएको विशेष रक्तदान कार्यक्रममा १०७ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
स्मरण रहाेस् केवी सम्राट सेभ द नेशन मिडियाका संस्थापक तथा राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक हुन् । उनी पशुपती अन्नपुर्णा आश्रमका अध्यक्ष समेत हुन् ।
उक्त रक्तदान नेवाःदेय् दबू महालक्ष्मी नगर समितिका अध्यक्ष विजयकुमार महर्जनको सभापतित्वमा भएको थियाे ।
कार्यक्रममा रक्त सञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारकाे समेत उपस्थिति थियाे ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाण–पत्र रेकर्डेट रक्तदाता कमाचार्यको तस्वीर अंकित टि–शर्ट, पञ्जा, सेनिटाईजर, साबुन र मास्क समेत बितरण गरिएको थियो।