
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । यो हाल सम्मकै धेरै मृत्यु संख्या हो।
पछिल्ले २४ घण्टामा मृत्यु हुनेमा सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षिय महिला, सुनसरीका ६० वर्षिय, मोरङका ६२ वर्षिय, महोत्तरीका ७० र ३५ वर्षिय, रौतहतका ३० वर्षिय, ललितपुरको २९ वर्षिय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षिय र रुपन्देहरीको ५७ र ७६ वर्षिय पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij