
काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले १२ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने नयाँ व्यवस्था लागु भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सिम निष्क्रिय भएको एक वर्षपछि मात्रै पुनः वितरण गर्न पाउने नयाँ व्यवस्था लागु गरेको हो।
हालसम्मको छ महिनामै निष्क्रिय हुने र स्वामित्व अन्त्य गर्ने प्रावधानलाई नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तन गरी एक वर्षसम्म सिममाथिको स्वामित्व अन्त्य गर्न नपाउने व्यवस्था गरेको हो ।
छोटो समयमै सिमकार्ड पुनः बिक्रीको सुविधाले त्यही नम्बर प्रयोग गरिएको बैङ्क खाता, सामाजिक सञ्जाललगायतको डेटा असुरक्षित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij