
काठमाडौं । कोरोना संक्रमणका कारण थप छ जनाको मृत्यु भएको छ । वीरगञ्जमा दुई जना, पाल्पा, ललितपुर, कास्की र धरानमा एक-एक जना गरी छ जनाको मृत्यु भएको छ ।
आज वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
यस्तै लुम्बिनी मेडिकल कलेज पाल्पामा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते अस्पताल भर्ना भएकी उनलाई ७ गते कोरोना पुष्टि भएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ जैसिदेवलकी ५० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।उ नलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कास्कीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १६ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij