२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा पहिलाे वैठक सम्पन्न

माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा पहिलाे वैठक सम्पन्न


काठमाडाैं । २०७७ भदाै ९ गते शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न उपसमिति गठन गरेसँगै आज उपसमितिको पहिलो बैठक बसेको छ ।
माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा संयोजक सहित मा. अञ्जना बिशन्खे, मा. तिलबहदुर महत क्षेत्री, मा. सरिता न्यौपाने, मा. नमिता चौधरी, मा. सन्तकुमार थारु र उपसमितिका अधिकृत अमित यादवको उपस्थितिमा उपसमितिको आन्तरिक कार्यविधि, २०७७ छलफल गरि पारित भएको छ ।
कार्यविधि अनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका देशभरिका सबै क्षेत्रहरुमा कोभिड १९ को सम्बन्धमा भैरहेका कामहरूको आवश्यक अनुगमन गरि समिति मार्फत निर्देशन दिनसक्नेछ ।
बैठकले आगामी अनुगमनका योजनाहरुका बिषयमा सामान्य छलफल गरि अनुगमनमा जानुभन्दा अगाडि विभिन्न कागजात तथा बिवरणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट झिकाउने निर्णय गरेको छ । उपसमिति बैठकको निर्णय बमोजिम समिति सचिवालयले स्वास्थ्य मन्त्रालय सँग ३ दिन भित्रमा प्राप्त हुनेगरि अहिले सम्म मन्त्रालयले कोभिड-१९ को सम्बन्धमा गरेका निर्णयहरु, जारी गरेका निर्देशिका तथा मापदण्डहरु, संचालनमा रहेका आइसोलेसन सेन्टर तथा पिसिआर ल्याबका विवरण जस्ता कागजातहरुका लागि पत्राचार गरेको छ ।
माग गरेको विवरण प्राप्त भए पश्चात् उपसमितिको अर्को बैठक तत्कालै बसि आगामी अनुगमनको योजना तय गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij