
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् । यो संख्या उपत्यकामा एकै दिन कोरोना संक्रमित हुनेको अहिले सम्मकै बढी हो।
योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij