
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय २९ पीसीआर परीक्षणमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ।
नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij