
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ३ सय ७७ जनामा कोरोना संसंक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् ।
उपत्यकामा एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij