
अर्घाखाँची । अर्घाखाँचीमा जारी निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थपिएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा लमब्याउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij