
काठमाडौं । नेपालमा कोरोना संक्रमित थप सात जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन जनासहित सात जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज ज्यान गुमाउनेमा एक महिला र छ पुरुष रहेका छन् । ज्यान गुमाउनेमा काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ६४ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij