
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा काँग्रेस नेता गोविन्द रञ्जितको को मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका वडा न। २१ का कार्यसमिति सभापति समेत रहेका रञ्जितको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि रञ्जितलाई आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा भर्ना गरिएको थियो ।
१३ दिन अघिदेखि नै उनलाई ज्वरोखोकीको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij