
काठमाडौं – काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा लम्ब्याउने वा हटाउने विषयमा आज अपरान्ह निर्णय हुने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आज अपरान्ह ३ बजे बस्ने बैठकले निषेधाज्ञा बारे निर्णय लिनेछ । बैठकमा तीनवटै जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहने छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेकाले निषेधाज्ञा लम्ब्याउने सम्भावना रहेको स्रोतले बताएको छ।
भदौ ३ गते मध्यरातदेखि भदौ १० गते मध्यरात सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो। अहिले काठमाडौं उपत्यकाभित्र अत्यावश्यक काम बाहेक हिडडुल र प्रवेश गर्नसमेत निषेध गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij