
काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका पुरुषको संक्रमणका कारण सोमबार राति भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो ।
छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि उनलाई मेडिकल कलेजबाट भीम अस्पतालमा भर्ना गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij