
काठमाडौं । भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । एक जनाको ज्यान गएको छ ।
स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रायगढ जिल्लाको महाडस्थित भवन ढलेको हो।
पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको छ ।
हापुस तालनजिकै रहेको उक्त भवन दशक पुरानो हो। भवनमा ४५ देखि ४७ वटासम्म फ्ल्याट थिए। भवन ढल्न लागेपछि केही मानिस बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij