
काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबार देखि प्राइम कमर्सियल बैंकको मुख्य कार्यालय बन्द रहेको छ ।
बैंकको कर्पोरेट कार्यालयमा कार्यरत एक-दुई जना कर्मचारी बाहेक सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका अनुसार बैंकमा कार्यारत २४ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आइसकेको छ ।
बैंकको मुख्य कार्यालयमा ‘डिसइन्फेक्टेड’ गरिएपनि कहिले खुल्ने भन्ने टुङ्गो लागिसकेको छैन । संक्रमण देखिएका र उनीहरूको सम्पर्कमा आएका कर्मचारी अहिले ह्रयाम्स र सोल्टी होटलमा आइसोलेसनमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij