
काठमाडौं । देशैभर रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण जारी लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले गर्दा देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको रेडक्रसले जनाएको छ ।
केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि सम्पूर्णमा अपील गरेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार रक्तदानका लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् । यसले गर्दा रगतको अभाव सृजना भएको छ ।
रगतको अभाव हुँदा दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरु मर्कामा परेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij