२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ७० हजार बढी संक्रमित

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ७० हजार बढी संक्रमित


काठमाडौं । पछिल्लो समय कोरोना भाएरसको इपिसेन्टर बनेको भारतमा एकैदिन ७० हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ६८ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९१८ जनाको मृत्यु भएपछि भारतमा आइतबार विहानसम्म मृत्यु हुनेको संख्या ५६ हजार ८४६ पुगेको छ ।

आइतबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६ हजार ६९० जनाको उपचार भइरहेको छ ।

भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij