
काठमाडाैं । विनायक सिद्ध कलेज चाबहिल ,काठमाडौं द्वारा SEE अनलाइन तिज नृत्य प्रतियोगिता २०७७ को फाइनल कार्यक्रम सम्पन्न भएको छ ।
SEE दिएर बसेका बहिनीहरुले मात्रै सहभागी हुन पाउने उक्त प्रतियोगितामा तिज गित लाई मात्रै कार्यक्रममा सहभागी गराइएको थियोे ।उक्त प्रतियोगितामा विभिन्न विद्यालय बाट उल्लेखनीय विद्यार्थीहरुको सहभागी थियो ।
कोभिड -१९ का कारण विश्व अर्थतन्त्र नै धर्मराएको समयमा पनि घरमा फुर्सदको समय सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्नको लागि उक्त कार्यक्रम को आयोजना गरिएको कुरा क्यापस प्रमुख रामकृष्ण सिमखडाले बताउनु भएको छ ।
फाइनल कार्यक्रम मिति २०७७/०५/०५ गते विनायक सिद्ध कलेज चाबहिलमा सोसल डिस्टेन्स कायम गरि सेनिटाइजर र माक्सको प्रयोग गरि आयोजना गरिएको थियो ।
उक्त फाइनल कार्यक्रममा निर्णायक समुहमा बरिष्ठ नृत्य निर्देशक तथ बज्रयोगिनि म्युजिक एण्ड डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको निवर्तमान अध्यक्ष तथा शिखर छाहारी संस्कृतिक कला केन्द्रकि नृत्य निर्देशक दक्षिणा लामा रहनु भएको थियो ।
निर्णायक समुहको निर्णय अनुसार पुष्प लाल मेमोरियल ई. स्कुल, कपनकी छात्रा समृद्धि रुमदाली प्रथम,चाल्स डार्विन एकेडेमी नयाँबस्तिकी छात्रा प्रसुना तामाङ द्वितीय र सृजना ज्ञानसागर स्कुल बालाजुकी छात्रा मनिता गुरुङ तृतीय भएका छन्।
प्रथम, द्वितीय र तृतीय स्थान हुन सफल छात्रा लाई विनायक सिद्ध कलेजमा कक्षा ११ मा भर्ना गर्दा क्रमश १००%, ७५% र ५०% छुट दिनुका साथै नगद पुरस्कार ५०००, ३००० र २००० का साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै गरि विनायक सिद्ध कलेजमा अध्ययनरत छात्राहरु बीच अनलाइन तिज नृत्य प्रतियोगिता पनि भएको थियो ।
उक्त प्रतिस्पर्धामा कलेजको तर्फबाठ छात्रा क्रमश मिङमा शेर्पा , लक्ष्मी शाही ठकुरी , लभ्लि बिष्ट मगर प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् ।
उनिहरुलाई पुरस्कार जनही ५०००, ३००० र २००० एवं प्रमाणपत्र प्रदान गरिनेछ।
कार्यक्रममा बिद्यालयका को अडिनेटर गणेश बास्तोलाले कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij