
काठमाडौं । कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सामा थप दुई जनाको पुरुषको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ५८ वर्षका पुरुषको मृत्यु भएको हो । उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
त्यसै गरी ६१ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा बिहान सवा ७ बजे ज्यान गएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij