
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।
अनुसार मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष रहेका जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दोलखाकी ३० वर्षीया महिला भदौ २ गतेदेखि उपचाररत थिईन् भने सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष साउन ३१ गतेदेखि उपचाररत रहेका थिए । उनीहरुको शुक्रबार मृत्यु भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij