
काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो ।
भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका ती पुरुषमा ज्वारो, खोकी आदी देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालमा जनाएको छ ।
मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्यासमेत थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij