२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राष्ट्रिय झण्डा जलाएर भिडियो बनाउने ४ जना पक्राउ,अन्यको खोजी तीव्र

राष्ट्रिय झण्डा जलाएर भिडियो बनाउने ४ जना पक्राउ,अन्यको खोजी तीव्र

काठमाडौं । देशको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १ युवती र ३ युवक छन् । महानगरीय अपराध महाशाखाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका छन् भने अन्य ६ जनाको खोजी तीव्र पारिएको छ ।

पक्राउ पर्नेमा क्यामेराम्यान, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij