राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ गुल्मीकाे धर्काेट स्थित सञ्चालित पाञ्चायन उच्च माध्यमिक विद्यालयमा क्षेत्रीय अाठाैं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता माघ २८ देखि फागुन १ सम्म अायाेजना हुने भएकाे छ ।
खेलकुद कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीकाे सहकार्य रहने भएकाे छ । उक्त खेलमा क्षेत्र नम्बर ३ का सम्पुर्ण नि मा बि तथा मा.बि का कक्षा १० सम्मका बिद्यार्थीले सहभागी हुन पाउने बताइएकाे छ ।
खेल सञ्लचान हुनु भन्दा २ दिन अगाडी सहभागि हुन चाहने विद्यालयले फाेन सम्पर्ककाे माध्यमबाट वा पत्राचार वा प्रत्यक्ष भेटघाटबाट विद्यालयलार्इ सहभागिता जनाउन लागेकाे जानकारी गराउनुपर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij