
काठमाडौं । नेपाल वितरक संघले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सहज रुपमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरु उपभोक्ता समक्ष पुर्याउन आग्रह गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र सिम्खडाद्वारा जारी एक अपिल विज्ञप्तिमा देशको प्रतिकुल अवस्था र संभावित जोखिम र यसबाट उत्पन्न हुन सक्ने आर्थिक र सामाजिक प्रभाव सम्बन्धमा सचेत रही एकता सदाचार र मानविय निष्ठा कायम राखी आफ्नो लगानी जोखिमको समेत मध्य नजर गर्दै आफ्ना व्यवसाय संचालन गर्न गराउनका लागि संघले सम्पूर्ण व्यवसायी समक्ष आग्रह गरेको छ ।

संघले स्वास्थ्य सुरक्षा सतर्कतालाई उच्च प्राथमिकतामा राख्दैं आवश्यक मौज्दात राखी बजारको माग र आपूर्तिको सन्तुलन कायम राख्न सहयोग गरीदिन सम्पूर्ण वितरक व्यवसायी, थोक विक्रेता, खुद्रा विक्रेता तथा आम उपभोतालाई आग्रह गरेको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij