
सम्पन्न हुनको निम्ति सबैभन्दा पहिले कृषकको अवस्था नै सुदृढ हुनुपर्छ भन्ने कुरालाई लक्षित गरेर सञ्चालनमा आएको यस गाई फार्मले मानिस स्वस्थ बन्नको निम्ति हामीले खाने खाद्यान्न स्वस्थकर हुनुपर्छ भन्ने कुरालाई जोड दिएको छ । मानिस स्वस्थ बन्नको निम्ति हाम्रो खानामा नियमित रुपमा गाईभैंसीको दूध संलग्न हुनैपर्ने कुरा प्रमाणित भइसकेको अवस्थामा हामीले खाने दूध स्वस्थकर हुनु अति नै आवश्यक छ ।
गोलोक एग्रोभेट प्रा.लि. भक्तपुरको दधिकोटमा विगत केही महिना पहिले देखि सञ्चालनमा अाएकाे छ । कृषिमा व्यावसायिकीकरणकाे याेजना साथ सञ्चालनमा अाएकाे याे गाइ फार्म निकै नै व्यवस्थित तवरले सञ्चालित कृषिको आधुनिकीकरणको उद्धेश्यले केहि महिना पहिले मात्र सञ्चालनमा आएको यस फार्मले निकै ठूलो सङ्ख्यामा गाई पालन गर्ने, रोजगारीको सिर्जना गर्ने, दूग्धजन्य प्रशोधनको निम्ति डेरी उद्योग सञ्चालन गर्ने, जैविक प्रणालीबाट खेतीपाती गर्ने कामलाई लक्षित गरेको छ ।
नेपालकलार्इ सम्पन्न बनाउनको निम्ति सबैभन्दा पहिले कृषकको अवस्था नै सुदृढ हुनुपर्छ भन्ने कुरालाई लक्षित गरेर सञ्चालनमा आएको यस”गाई फार्मले मानिस स्वस्थ बन्नको निम्ति हामीले खाने खाद्यान्न स्वस्थकर हुनुपर्छ भन्ने कुरालार्इ समेत प्रतिनिधित्व गर्छ ।
जुन फार्म दूध दुहिने, घाँस खुवाउने, स्याहारसम्भार गर्ने, सम्पन्न हुनको निम्ति सबैभन्दा पहिले कृषकको अवस्था नै सुदृढ हुनुपर्छ भन्ने कुरालाई लक्षित गरेर सञ्चालनमा आएको यस गाई फार्मले मानिस स्वस्थ बन्नको निम्ति हामीले खाने खाद्यान्न स्वस्थकर हुनुपर्छ भन्ने कुरालाई जोड दिएको छ । मानिस स्वस्थ बन्नको निम्ति हाम्रो खानामा नियमित रुपमा गाईभैंसीको दूध संलग्न हुनैपर्ने कुरा प्रमाणित भइसकेको अवस्थामा हामीले खाने दूध स्वस्थकर हुनु अति नै आवश्यक छ ।
गाई स्वस्थ हुन सकेको खण्डमा मात्र त्यस गाईले प्रदान गर्ने दूध पनि स्वस्थ
हुन सक्छ । स्वस्थ दूधको निम्ति गाईलाई उपलब्ध गराउने घाँस तथा दाना पनि स्वस्थ हुनु जरुरी छ । तर अहिलेको अवस्थामा हामीले नियमित रुपमा लिँदै आएको दूध कत्तिको स्वस्थ छ भन्ने सम्बन्धमा अध्ययन हुन सकेको छैन । यसमा न किसान सचेत छन्, न उपभोक्ता सचेत बन्न सकेका छन् । दूध उत्पादक किसान कसरी बढी मात्रामा दूध उत्पादन गर्न सकिन्छ भन्ने किसिमले गाईको दूध बढाउनको निम्ति बजारमा उपलब्ध रहेको दाना तथा औषधीको प्रयोगमा नै लागिरहेका छन् ।
गाेलाेक एग्राेभेटका सञ्चालक बस्नेत भन्छन्, “उपभोक्ता आफूले खाने दूधमा सके सम्म पानीको मात्रा कम भई बाक्लो होस् भन्ने चाहन्छन् ।” बस्नेतकाे भनाइमा सहमत हुने अाधार प्रयाप्त भेटिन्छन् । यसैकारण लाग्छ, उपभोक्ताको बुझाईमा दूधको शुद्धपना मापन गर्ने कडी भनेकै पानीको मात्रा हो ।
नेपालमा जसरी पनि गाईको दूध बढी हाेस् भन्ने मनसायले क्रममा गाईको स्वास्थ्यमा ख्याल नगरिँदा यसले मानवीय स्वास्थ्यलाई पनि प्रतिकूल असर परेको छ । यो कुरा अहिले सम्म न त नेपाल सरकारले बुझ्न सकेको छ, न त उपभोक्ता मञ्च लगायतका नागरिक समाज नै आवाज उठाउन सकेका छन् । राज्यले सहज रुपमा किसानलाई गाईको दूधको शुद्धता सम्बन्धमा जनचेतना फैलाउन नसकेको तथा शुद्धता मापन सम्बन्धमा प्राविधिक जनशक्ति र उपकरणको समेत सहज रुपमा व्यवस्था गर्न नसकेको कारण अहिलेको यो अवस्था आएको जानकारहरु बताउँछन् ।
उपभोक्ताको स्वास्थ्यलाई नै केन्द्रमा राखेर दूध उत्पादन गर्ने उद्धेश्यले सञ्चालनमा आएको सम्भवतः काठमाडौं उपत्यकाकै ठूलो गाई फार्म हुनुपर्छ गोलोक एग्रोभेट प्रा.लि.। हाल यस गाई फार्मको सञ्चालन गर्ने कृषक हुन् धनकुटाका डम्बर बहादुर बस्नेत। उनले गाईपालनको क्रममा बनाएको गाई फार्म नमुनायोग्य छ । गाईको गोबर र मुत्रलाई छुट्टाछुट्टै सङ्कलनको निम्ति उनले व्यवस्था मिलाएका छन् । गाई स्वस्थ हुनुपर्छ भन्ने किसिमले उनले गाई बस्नको निम्ति कार्पेट जस्तो देखिने र आवश्यकता अनुसार त्यसलाई मानिसको ओछ्यानबाट निकालेर अन्य कपडा सफा गरे जसरी नै सफा गर्न सकिने किसिमले गार्इकाे निम्ति बस्ने ठाउँकाे व्यवस्था गरेका छन् । यस फार्ममा गार्इकाे मूत्र एकै ठाऊँमा संकलन गर्न सकिन्छ । दानापानीको निम्ति गाईको अगाडि आकर्षक साना पानी ट्याङ्की बनाइएका छन् ।
आवश्यकता बमोजिम सानो गाडी नै आफ्नो गोठभित्र लगेर घाँस तथा दाना प्रत्येक गाईको पहुँचमा पु्यार्उने उद्धेश्य समेत राखेर भवन निर्माण गरिएको उक्त गोठ अत्याधुनिक प्रविधिमा आधारित छ । भवनको भित्रको एक गाई देखि अर्को गाई सम्मको दूरी प्रयाप्त छ ।
कृषक बस्नेत भन्छन्, इजरायलमा कृषिको क्षेत्रमा नयाँ प्रविधिहरु अपनाइएको छ । ती देशहरुमा गाईवस्तुको दूधलाई गुणस्तरीय बनाउनको निम्ति घाँसको गुणस्तरलाई नै जोड दिइएको छ । इजरायल र न्युजिल्याण्ड लगायतका देशहरुमा गाईवस्तुलाई दाना दिने प्रचलन छैन । तर नेपालमा भने गाईको दूध बढाउनको निम्ति दानामा हामी केन्द्रित भएका छौं । नेपाल, भारत र पाकिस्तानमा हामीले दानामा केन्द्रित भएको कारण हामीले बढी रकम खर्च गर्नुपरेको छ ।
पछिल्लो समय नेपालमा गार्इ फार्म तथा दूग्ध डेरीहरू शहर केन्द्रित हुँदै गएसँगै यस क्षेत्रमा लागत बढी पर्न गएको छ । दानालाई जोड दिएको कारणले गर्दा नेपालमा दूधको लागत बढी पर्न गएको अहिलेको अवस्थामा लागत घटाउनको निम्ति हरियो घाँसको पुर्तिलाई नै विशेष जोड दिनु जरुरी छ । नेपालमा अहिले सम्म हरियो घाँसको उत्पादनलाई हामीले खासै जोड दिन सकेनौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij