
काठमाडौं । नेपालमा थप चार जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणका कारण ज्यान जानेमा पोखरामा दुई तथा ललितपुर र बाँकेमा एकरएक जना रहेका छन् ।
कोरोना संक्रमित पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ । उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेका उनलाई समस्या बढ्दै गएपछि भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।
त्यसै गरी तनहुँ ब्यास १अम्रेनीकी ५० वर्षकी महिलाको गएराति पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल लागिएकी ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया देखिएको थियो ।
आज बिहान उपचारको क्रममा नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नं। २ घर भएका ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरीएको थियो ।
यस्तै गएराति बाँकेको नेपालगञ्ज उप(महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । तर यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij