काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ। काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन्।
कुल संक्रमितमध्ये १०७ जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij