
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ।
त्यसै गरी पछिल्लो २४ घण्टामा १६० जना कोरोना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।
कुल संक्रमितमध्ये १०७ जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij