२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्वास्थ्यकर्मी र पत्रकारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण

स्वास्थ्यकर्मी र पत्रकारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण


काठमाडौं । पर्सामा मेयर, स्वास्थ्यकर्मी र पत्रकारसहित थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धुलिखेलमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका ३८ जना, पोखरियाका नगरपालिकाका ३३ जनामा कोरोना पुष्टि भएको छ । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मी र एक जना पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij