डिल बहादुर लामा-नुवाकोट।नेपाली काङ्ग्रेसका युवा नेता बाबुराम तामाङद्वारा पाँच हजार थान मास्क उपलब्ध गराउनु भएको छ।उक्त मास्क बेलकोटगढी -९ का नेपाली काङ्ग्रेका सभापती सुर्य बहादुर लामालाई उपलब्ध गराउनु भएको हो।सभापति लामाले नगरपालिकाको विभिन्न वडाहरुमा वितरण गरिने बताउनु भएको छ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को विसम् परिस्थितिमा आफू बाचौ र अरुलाई बचाऔ भन्ने उदेश्यले मास्क उपलब्ध गराएको समेत उहाँले बताउनु भयो।नेपाली काङ्ग्रेसका युवा नेता बाबुराम तामाङले युवादेखि सबैबाट सामाजिक कार्य गर्ने खुल्ला वातावरण व्यवस्था भएमा कोभिड विरुद्ध मात्रै नभई समग्र नगरपालिकाको विकास हुने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij