२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भारतीय विज्ञापनमा अभिनेत्री प्रियंका कार्की छाउँदै

भारतीय विज्ञापनमा अभिनेत्री प्रियंका कार्की छाउँदै

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका हिन्दी  विज्ञापनमा देखिने भएकी छिन् । हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को बिज्ञापनमा उनको अभिनय देख्न सकिनेछ । ४० सेकेन्ड अवधिको प्रमोसनल बिज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बालकलाकारले समेत साथ दिएका छन् ।

उक्त बिज्ञापनमा कार्कीले हिन्दी शब्दमा केही डाइलग र अभिनय बिज्ञापनका लागि प्रफेट देखिएको छ । कार्कीको यो पहिलो बलिउड पाइला हो । यस बिज्ञापनले उनलाई बलिउड अभिनयको ढोका खोलिदिएको छ ।

‘थ्रि लभर्स’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी कार्कीले अभिनय गरेका ‘छक्का पन्जा’, ‘वडा नम्बर ६’, ‘झोले, ‘ नभन्नु ल २’, ‘नाई नभन्नु ल ४’ लगायत चलचित्र निकै हिट छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij