काठमाडौं । नेपालमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको स्वास्थ्य तथा संख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो । कपिलवस्तुमा ४०, पर्सामा ६० र धनुषामा ५० वर्षिय पुरुषको ज्यान गएको हो । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij