सितापाईला रामकोट भिमढुङ्गा बाटो निर्माणको बांकी काम तत्काल कार्य प्रारम्भ गराउने बारे छलफल भएकाे छ ।
यस सम्बन्धमा आज माननीय जीवनराम श्रेष्ठको नेतृत्वमा प्रदेश माननीय केशब पोखरेल र उपमेयर सुशिला अधिकारीकाे सहभागितामा प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री माननीय बसन्त नेम्वाङलाई भेटघाट गर्नुभएकाे छ।
उक्त भेटघाटकाे अवसरमा मन्त्रालयको सचिव र जिल्ला सडकका डिभिजन इन्जिनियर साइडका ईन्जिनियरको उपस्थिति रहेको थियो।
माननीय मन्त्रीज्युले अपुरा कामलाई तत्काल शुरू गराउने जानकारी गराउनु भएको छ।