२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युवा परिचालन र उपलब्ध स्रोतसाधनलाई नै हाम्रो विकासका आधार बनाउँ

युवा परिचालन र उपलब्ध स्रोतसाधनलाई नै हाम्रो विकासका आधार बनाउँ

छिरिङ लामा, कर्पोरेट एड्भाइजर, एलिस ग्रुप

नेपालको विकासको लागि अबका दिनमा युवा परिचालन निकै जरुरी छ । आधुनिक युगको आवश्यकता बनेको सूचना प्रविधि क्षेत्र नेपाललाई माथि उठाउनको लागि राम्रो माध्यम बन्न सक्छ । यसकारण नेपाली युवाहरुलाई प्रविधिमा आकर्षित गर्न र त्यसको लागि उपयुक्त व्यवस्था गर्न नेपाल सरकारले विशेष भूमिका निर्वाह गर्नु जरुरी छ । नेपाली युवाहरु सृजनशिल क्षमतामा कमी छैनन् । सबै नेपालीहरु हरेक कार्यमा अब्बल छन् । तर उनीहरुले अहिले सम्म राम्रो अवसर पाउन सकेका छैनन् । आफ्नो क्षमता बमोजिम उनीहरुलाई काममा आकर्षित गर्नको लागि नेपाल सरकारले विशेष पहल गर्नु जरुरी छ ।

अहिले विश्व डिजिटलाइजेसनको दिशामा अघी बढेको छ । सूचना प्रविधिको अहिलेको यस समयमा हामीले हाम्रो क्षमतालाई सम्बोधन गर्न सक्ने गरी हाम्रा क्रियाकलापहरुलाई क्रमवद्ध रुपमा व्यवस्थित बनाउँदै लैजानुपर्छ ।

विकासको स्पष्ट मार्गचित्र तय गरौंः
नेपाललाई विकास र समृद्धिको दिशामा अघी बढाउनको लागि अब हामी स्पष्ट भिजन सहित अघी बढ्नु जरुरी रहन्छ । हाम्रो विकासलाई कुन मोडलमा कसरी अघी बढाउने भन्ने सम्बन्धमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी नेपाल सरकारको नै हुने गर्छ ।

युवा उद्यमशिलतामा जोड दिउँः
यसको लागि राज्यले हाम्रो आवश्यकता के हो भन्ने कुरालाई विशेष महत्व दिँदै युवाहरुलाई उद्यमशिल गतिविधिहरुमा संलग्न गराउनको लागि सोहीबमोजिमका तालिम तथा सीप प्रदान गर्नु जरुरी रहन्छ । अहिले सम्म हाम्रा युवाहरुको क्षमता राज्य पक्षले पहिचान गर्न सकेको छैन । जसले गर्दा क्षमतावान् युवाहरु नेपालमा रहेर राम्रो तवरले काम गर्न चाहँदाचाहँदै पनि राम्रो अवसर पाउन सकेका छैनन् ।

नेपाललाई विकास र समृद्धिको दिशामा अघी बढाउनको लागि अब हामी स्पष्ट भिजन सहित अघी बढ्नु जरुरी रहन्छ । हाम्रो विकासलाई कुन मोडलमा कसरी अघी बढाउने भन्ने सम्बन्धमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी नेपाल सरकारको नै हुने गर्छ ।

युवाहरुको क्षमतालाई पहिचान गरौंः

अहिले हाम्रो देशले विकासको गतिमा तीव्र रुपमा पाइला चाल्न नसक्नुमा युवाहरुको क्षमताको सही पहिचान हुन नसक्नु पनि एक हो । समयक्रम अनुसार हाम्रा आवश्यकताहरु पनि बदलिँदै जान्छन् । सोहीबमोजिम सृजना हुन सक्ने नयाँ क्षेत्रहरुको खोजी गर्न सकेको खण्डमा हामीले नयाँ रोजगारी क्षेत्रहरु सृजन ागर्न सक्छौं ।

मुख्य संवाहकहरु बीच समन्वय गराउँः
युवाको सीप, लगनशिलता र बौद्धिकताले हाम्रा परम्परागत महत्वकै वस्तु एवं कार्यहरुलाई प्रविधिसँग संयोजन गराउनसके त्यसले हाम्रो विकासलाई नयाँ दिगो बनाउन सकिन्छ । हाम्रा परम्परागत सीप र कार्यहरुलाई नयाँ तवरले औद्योगिक दिशामा अघी बढाउन सकिन्छ । यी कामहरु गर्नको लागि हामीले नेपालमा कुनै पनि किसिमका प्रविधिहरु बाह्य मुलुकबाट आयात गर्नुपर्दैन । नेपालमा नै उपलब्ध रहेका कुराहरुकै संयोजनबाट हाम्रो अवस्थामा सुधार ल्याउन सकिन्छ । केवल यस कार्यको लागि दृढ इच्छाशक्ति, प्रष्ट भिजन र मार्गचित्र कोर्न सक्नुपर्छ । साथै त्यस बमोजिमका योजनामा काम गर्नको लागि सकारात्मक सोच सहित त्यस किसिमका योजनामा काम गर्न सक्ने लगानी समूहलाई आकर्षित गरी सही तवरले काममा होमिन सक्नुपर्छ ।

समस्या भित्रका सम्भावना खोजी गरौंः
अब नेपालले स्वावलम्बी अर्थतन्त्रको यात्रा तय गर्नु जरुरी छ । नेपाल जस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकको निम्ति स्वालम्बन र आत्मनिर्भरता धेरै टाढाका विषय होइनन् । भौगोलिक हिसाबले नेपाल भूपरिवेष्ठित मूलुक भएपनि हामीसँग यस्ता थुप्रै बहुमुल्य वस्तुहरु उपलब्ध छन् । जसको पहिचान र उपयोगले नेपाललाई आर्थिक रुपमा सम्पन्न बन्न, स्वस्थ बन्न र विश्व बजारमा प्रतिष्ठा कायम गर्नमा सघाउन सक्छन् । यसको लागि सबै पक्षको हातेमालो जरुरी रहन्छ ।

 

हामी नेपालीहरु परिश्रमी छौं । हाम्रो परिश्रमकै आधारमा विश्वका थुप्रै देशहरु समुन्नत बनेका छन् । हाम्रो इमान्दारिताको विश्वभर कदर हुँदै आएको छ । हामी कलाकौशलतामा पनि कमी छैनौं । पूर्वीय सभ्यता अवलम्बन गर्दै आएका हामी नेपालीका हाम्रा आफ्नै सिद्धान्तहरु छन् । ती सिद्धान्तहरु माथि वैज्ञानिक खोजी हुनु जरुरी छ । पूर्वीय ज्ञान र पाश्चात्य वैज्ञानिक खोज बीच तालमेल मिलाउन सकेको खण्डमा हाम्रा आगामी दिनहरु सुनौला बन्न सक्छन् । हामी हाम्रै अद्वीतिय क्षमता प्रस्फुटन गरेर विश्व बजारलाई नयाँ ज्ञान सिकाउन सक्छौं ।

अभाव होइन, सम्पन्नताको खोजी गरौं
हामीलाई आवश्यक पर्ने हरेक वस्तुहरु हामीसँग उपलब्ध छन् ? नेपालको हिमाली क्षेत्रमा विश्वशिखर सगरमाथा छ । अन्य थुप्रै हिमश्रृङ्खलाहरु हामीसँग छन् । ती हिमालहरु पग्लिएर झर्ने नेपालको प्राकृतिक पानी विश्वको लागि नै आकर्षणको माध्यम बन्दै गएको छ । नेपालको पानी बाह्यबजारमा निर्यातको लागि समेत प्रक्रिया अघी बढेको छ । बहुमूल्य यार्शागुम्बा नेपालका हिमाली क्षेत्रमा उपलब्ध छन् । अधिकांश महत्वपूर्ण औषधीय गुणयुक्त जडिबुटीहरु नेपालका हिमाली र पहाडी क्षेत्रमा उपलब्ध छन् । हामीसँग थुपै्र खानी तथा खनिज वस्तुहरु उपलब्ध छन् । कतिपय यस्ता जडिबुटी एवं खनिजजन्य वस्तुहरुको अहिले सम्म पहिचान नै हुन सकेको छैन भने कतिपय पहिचान भएर पनि राज्यका नीतिहरुको कारण ती वस्तुहरु उत्खनन् र प्रशोधन गर्न सकिएको छैन । यस्ता स्रोतहरुको उपयोगबाट स्थानीय ठूलो समुदाय लाभान्वित हुन सक्ने गरी व्यवस्था गर्न सकेको खण्डमा यसले हाम्रो आर्थिक अवस्थालाई माथि उठाउन सक्छ ।

नेपालीको क्षमता पहिचान गरौंः
हामी नेपालीहरु परिश्रमी छौं । हाम्रो परिश्रमकै आधारमा विश्वका थुप्रै देशहरु समुन्नत बनेका छन् । हाम्रो इमान्दारिताको विश्वभर कदर हुँदै आएको छ । हामी कलाकौशलतामा पनि कमी छैनौं । पूर्वीय सभ्यता अवलम्बन गर्दै आएका हामी नेपालीका हाम्रा आफ्नै सिद्धान्तहरु छन् । ती सिद्धान्तहरु माथि वैज्ञानिक खोजी हुनु जरुरी छ । पूर्वीय ज्ञान र पाश्चात्य वैज्ञानिक खोज बीच तालमेल मिलाउन सकेको खण्डमा हाम्रा आगामी दिनहरु सुनौला बन्न सक्छन् । हामी हाम्रै अद्वीतिय क्षमता प्रस्फुटन गरेर विश्व बजारलाई नयाँ ज्ञान सिकाउन सक्छौं । जुन असम्भव छैन । तर नेपाल सरकारले सोहीबमोजिम युवाहरुको क्षमता पहिचान गरी उनीहरुमाथि आवश्यकता बमोजिम लगानी गर्न सक्नुपर्छ ।

योग्यताको कदर गरौंः
थुप्रै नेपाली युवाहरुले आफूमा भएको विलक्षण क्षमताको प्रस्फुटन गरिरहेका छन् । अझै पनि क्षमतावान् व्यक्तिहरुले आफूमा भएको पूर्ण क्षमता प्रस्फुटन गर्ने अवस्था सृजना हुन सकेको छैन । तर न त नेपाल सरकारले अहिले सम्म बौद्धिक क्षमता एवं कला र सीपलाई राष्ट्रिय सम्पत्तिको रुपमा स्वीकार्न सकेको छ, न त उनीहरुलाई प्रोत्साहन मिल्ने किसिमका कुनै पहलहरु नै गर्न सकेको छ । जसले गर्दा नेपाली युवाहरु आफूमा भएको क्षमतालाई गोडामा कुल्चेर बिना कुनै उपलब्धि जीवन बर्बाद गर्न बाध्य छन् ।

अपराधीहरुले संरक्षण पाइरहेको नेपालमा क्षमतावान् व्यक्तिहरुको क्षमताको पहिचान हुन नसक्दा र सही व्यक्तिले सही ठाऊँ पाउन नसक्दा गलत मनसायका व्यक्तिहरुको निसाना यस्तै क्षमतावान् व्यक्तिहरु बन्न पुगेका छन् । कतिपय यस्ता व्यक्तिहरु डिप्रेसन जस्ता दीर्घ समस्यामा पर्ने गरेका छन् भने कतिपय नेपालमा क्षमताको सम्मान हुने अवस्था नरहेको भन्दै वैदेशिक रोजगारी तर्फ लाग्न बाध्य छन् ।

युवा लक्षित ठोस कार्यक्रम ल्याउँः
नेपालमा युवाहरुलाई प्रोत्साहित गर्न भन्दै ठूलो रकम यस्ता प्रोत्साहनमूलक कार्यको लागि विनियोजन हुँदै आएको छ । तर सही कार्यक्रम सही व्यक्तिको पहुँचमा पुग्न नसक्दा त्यसबाट जुन वर्ग र समुदाय लाभान्वित हुनुपर्ने थियो, त्यो वर्ग लाभान्वित हुन सकेको छैन । यद्यपि हामी निराश हुनुपर्ने अवस्था छैन । अब हामी युवाहरु नै मिलेर जो जुन क्षेत्रमा छौं, त्यही क्षेत्रबाट नै माथि उठौं । वर्गीय भलो र सामुहिक लाभको लागि विशेष संकल्प सहित हाम्रो यात्रा अघी बढाऔं ।

जे उपलब्ध छ त्यसैकाे उपयाेग गरांः

हामीसँग जो सँग जे छ, त्यसैलाई उपयोग गरेर नै हामी माथि उठ्न सक्छौं, त्यो प्रयाशमा जुटौं । हाम्रो सोचलाई बलियो बनाउँ, आफैंले विकासका खाकाहरु कोरौं । कहाँ के सम्भावना छ त्यो पहिचान गरौं । अवश्य पनि हामीले चाहेको समृद्धि सामुहिक प्रयाशको प्रतिफल बनेर आउनेछ । अबका दिनमा नेपाली युवाहरुलाई रोजगारीको लागि विदेशिन प्रोत्साहित नगरौं । बरु हामीसँग भएका सम्भावनालाई कसरी वास्तविकतामा बदल्न सकिन्छ, त्यसबारे सोचौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij