
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। संक्रमित मध्य काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ जना रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij