२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण

नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा पिसिआर विधिबाट गरिएको ११ हजार ५ सय ७५ नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २ सय ४०जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij