२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिन्धुपाल्चोक लिदी पहिरो: पाँचको शव फेला, ३३ जना बेपत्ता (सूचीसहित)

सिन्धुपाल्चोक लिदी पहिरो: पाँचको शव फेला, ३३ जना बेपत्ता (सूचीसहित)


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ । पहिरोमा एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन् ।

पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाण्‍डौमा उपचार भइरहेको छ ।

लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले ३७ घर पुरेको स्थानीयको भनाइ छ । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् ।

घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।
बेपत्ता हुनेको सूची (गाउँपालिका अध्यक्षका अनुसार)

१.छविलाल दोङ
२.सोमरानी दोङ
३.धनलक्ष्मी
४.शिरमाया दोङ
५.विवरानी दोङ
६.साहिँली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ति
१२.जीते झाँक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८.सानु दोङ
१९.टीकामाई दोङ
२०.छिरिङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रीति दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङ्ची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनिस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुश दोङ
३७.सुवास तामाङ
३८.टीकामाई दोङ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij