
काठमाडौं । कोरोनाका कारण सिरहामा थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसन उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो, टाइफाईड र स्वाश प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि बुधबार विराटनगर लगिएको थियो ।
विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचार गरिएको र मृत्युपश्चात स्वाबको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij