२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिन्धुपाल्चोकमा पहिरोले १५ घर पुरियो, पाँच घरका सदस्य सम्पर्कविहीन

सिन्धुपाल्चोकमा पहिरोले १५ घर पुरियो, पाँच घरका सदस्य सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ वटा घर पुरेको छ ।

पहिरोमा पुरिएर केही घरका मानिस सम्पर्कविहीन बनेका छन् । पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छ। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका रहेको स्थानियबासीले जनाएका छन् ।

१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताए ।

पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij