विराटनगर – काेराेना संक्रमणबाट विराटनगरका एक जना विरामीकाे मृत्यु भएको छ।
उनकाे बिहीबार राती ८ बजे अस्पतालको आइसोलेसनमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
४० वर्षीय कोरोना संक्रमित ती पुरुष निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij