
काठमाडौँ – देशका पश्चिमी जिल्लाहरु बर्दिया, कैलाली, कञ्चनपुर लगायतमा पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको छ । यो क्रम अझै पनि जारी रहेको छ । यसकारण आउन सक्ने समस्यालाइ लक्षित गरी थप सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।
लगातार वर्षा भइरहेकोले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र अन्य साना खोलाहरुमा आकश्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकोले विषेश सतर्क रहन विभगाले आग्रह गरेको छ ।
यस्तै देशभर शुक्रबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij