२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

त्रिवि शिक्षण अस्पतालका ६ जनामा कोरोना संक्रमण पुष्टि,अस्पतालको आकस्मिक सेवा बन्द

त्रिवि शिक्षण अस्पतालका ६ जनामा कोरोना संक्रमण पुष्टि,अस्पतालको आकस्मिक सेवा बन्द


काठमाडौं । त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।

आकस्मिक कक्षमा कार्यरत अरुमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिए

तर आकस्मिक सेवा बाहेकका अन्य सेवा भने खुल्ला रहेका अस्पतालले जनाएको छ ।

अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुका सम्पर्कमा आएका सय जनाभन्दा बढीको आजै कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको दासले बताए ।

कोरोना सङ्क्रमण भएकाहरुलाई अहिले आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij