२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

Singha Durbar administrative court

काठमाडौं । आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने भएको छ । गृह मन्त्रालयले बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास वितरण नगर्न निर्देशन दिएको हो।

मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो ।

गृहले बुधबार एक सूचना जारी अर्को व्यवस्था नभएसम्मका लागि सवारीसाधन पास उपलब्ध नगराउन निर्देशन जारी गरेको हो । योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयले जनाएको छ ।

‘कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी गृहले यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij