२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु


काठमाडौं । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको गएराती मृत्यु भएको छ ।

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना भएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेली रहेका छन् ।

दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
गुप्तामा कोरोना संक्रमण पुष्टि भएता पनि तेलीमा भने कोरोना संक्रमण हो वा होइन् पुष्टि भएको छैन् । तेलीको स्वाबको पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij