२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यी १० नाकाबाट भित्रिन सक्छन् भारतमा रहेका नेपाली

यी १० नाकाबाट भित्रिन सक्छन् भारतमा रहेका नेपाली

काठमाण्डौं । भारतमा रोजगारीका लागि गएका र विभिन्न कारणले रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले दश वटा नाका तोकेको छ ।

कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनका लागि १० जिल्लामा प्रवेश विन्दु तोकिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकेको प्रवेश विन्दुहरुमा झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गैरीफान्टा र कञ्‍चनपुरको गड्डाचौकी छन् ।

सरकारले ती बाहेकका नाकाबाट प्रवेश गर्ने नगराउने र गरेको पाईए कार्बाही गर्ने पनि सरकारका प्रवक्ता सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यस अघि कोरोना भाईरस संक्रमण नफैलँदै भने नेपालीलाई स्वदेश आउन रोकिएको थियो ।

पछि लुकीछिपि बाध्य भएर स्वदेश फर्किएका वा पछि सरकारले खुल्ला गरेपछि लाखौंको संख्यामा स्वदेश फर्किसकेका छन् । अझै लाखौं नेपालीहरु भारतमा रहेको अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij