काठमाडौं । उदयपुर जिल्लामा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकामा आठ जना र बेलका नगरपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
हाल सम्म उदयपुर जिल्लामा एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij